प्रधानमन्त्री ओलीको राजीनामा सर्वोच्चले रोक्यो – मन्त्री गुरुङ


काठमाडौं, १७ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका छन् ।

आफैंले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चको आदेशमा ब्युँतिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला गुरुङले सर्वोच्चको आदेशले प्रधानमन्त्रीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका हुन् ।

प्रतिनिधिसभामा बहुमत प्राप्त दलले सरकार सञ्चालन गर्दिन भन्न नपाउने फैसलामा उल्लेख भएकाले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने तर्क गुरुङको थियो ।

‘सम्मानित सर्वोच्च अदालतको उत्प्रेषण परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको छ’, मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले भने, ‘बहुमतप्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय हो ।’

सर्वोच्चको फैसलाको पृष्ठ ९ मा लेखिएको व्यवहोराले प्रधानमन्त्रीलाई राजीनामा दिन रोकेको जिकिर उनले गरे । सर्वोच्च्ले नै राजीनामा नदिनु भनेकाले प्रधानमन्त्री ओलीले राजीनामा नदिने गुरुङले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति