एफ एमको स्टुडियोमा आगलागी, १ करोड रुपैयाँ बराबरको क्षति

सोलुखुम्बु , १७ फागनु । प्रदेश नम्बर-१ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति साढे १२ बजे आगलागी भएको हो ।
स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिए ।आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खेलेको छैन । आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा झण्डै २ घण्टापछि निभाइएको थियो । २०६१ सालमा स्थापना भएको सोलु एफ एम अहिले एक हजार वाट क्षमतामा प्रसारण भइरहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति