साउदीका युवराजको आदेशमा पत्रकार जमालको हत्या : अमेरिकी गुप्तचर

काठमाडौं, १५ फागुन । पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले देखाएको छ । राष्ट्रपटि जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी गरेको छ। तर साउदीका युवराज मोहम्मदले भने खशोग्जीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन् ।

पत्रकार खशोग्जी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका थिए । खशोग्जी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए ।

पत्रकार खशोग्जी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए ।​ खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले निर्णय परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने फैसला गरेको थियो ।

सन् २०१९ मा यूएनका विशेष अधिकारी एग्नेश क्यालमार्डले साउदी सरकारले योजनाबद्ध ढंगले खशोग्जीको हत्या गरेको आरोप लगाएका थिए । तर, साउदीले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति