प्रचण्ड–नेपाल समूहले देशभरि विजय जुलुस गर्ने, शान्तिवाटिकमा १२ बजे

काठमाडौं, १२ फागुन । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने छ। उनका अनुसार शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डु र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ।दुबै अध्यक्षहरू अहिले चितवनमा छन्। उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो।

सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेपछि चितवनको आमसभा स्थगित भएको छ। दुबै अध्यक्षहरू केहीबेरमा काठमाडौं आउँदै छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति बनाएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति