अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति

काठमाडौं, १० फागुन । । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीलाई वारेस राख्न अनुमति दिएको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुँगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो । लिखित जवाफ आफैँ उपस्थित भएर बुझाएका थिए । प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस राख्न पाउँ भन्दै निवेदन दिएका थिए ।
प्रधानमन्त्रीले अदालत र न्यायाधीको अवहेलना गरेको भन्दै अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्व निवेदन दायर गरेका थिए । अदालतमा संसद विघटनको मुद्वामाथिको बहस चलिरहेका बेला ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनको विपक्षमा बहस गरेपछि प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता भण्डारीलाई बुढो बाजे भन्दै अदालतमा तमाशा देखाउन लगेछन् भनेका थिए । न्यायाधीश मनोज शर्माको इजलाशले आफै उपस्थित हुन आदेश दिएपछि प्रधानमन्त्री ओलीले फागुन ६ गने सर्वोच्च पुगेर जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझेका थिए। जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अदालतको अवहेलना नगरेको दाबी गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति