भागरथी हत्या प्रकरणको अनुसन्धानमा प्रहरीलाई सफलता, पक्राउ परेका युवकले स्वीकारे अपराध

बैतडी, ४ फागुन  ।  बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले सफलता हासिल गरेको छ । हत्या आरोपमा पक्राउ परेका भागरथी पढ्ने स्कुलकै विद्यार्थी (युवक) ले आफूले बलात्कार पछि हत्या गरेको स्वीकारेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीले अभियुक्तले अभियोग स्वीकार गरेको बताउँदै उनलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको बताए ।

यसअघि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर पनि अनुसन्धान गरिरहेको थियो भने एक सरकारी कर्मचारी समेतलाई नियन्त्रणमा लिएको थियो ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी भोलिपल्ट स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी उनको हत्यारालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन देशभरबाट दबाब बढेको थियो भने घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीलायतका उच्च अधिकारी नै फिल्डमा खटिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति