आयोगले जेठभित्रै चुनाव गराउनुपर्छ : सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी जेठभित्रै निर्वाचन आयोगले चुनाव गराउनुपर्ने बताएका छन्।

भैरहवामा कांग्रेसले गरेको विरोध सभामा बोल्दै सभापति देउवाले जेठभित्र आयोगले चुनाव गराइसक्नुपर्ने बताएका हुन्।

अहिलेसम्म चुनावी कार्यतालिका नल्याएकाले निर्वाचन आयोगको कामले आशंका पैदा गरेकोसमेत उनले बताए ।

‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन? चुनाव नगराउने हो भने भन्नुपर्‍यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन‚’ सभापति देउवाले भने‚ ‘कुनै पनि संसदको विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव गर्छु भने पनि आयोगले चुनाव गर्छु भनेर नभनेकाले आशंका पैदा भएको देउवाको भनाइ छ।

‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन?,’ देउवाले भने, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन। अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो‚ के बिग्रन्छ। आयोगले ६ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति