प्रधानमन्त्रीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक उद्घाटन गरेका छन् । २०७२ को भूकम्पपछि भवनको प्रबलीकरण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो । अब कार्यालय आफ्नै पुरानो भवनमा सर्नेछ ।

सिंहदरबार भवनका चार मोहडामध्ये उत्तर, दक्षिण र पूर्वी मोहडाको पुनर्निर्माण सकिएको छ भने पश्चिम मोहडा असारसम्म सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति