तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड – नेपाल समूह

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ।

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिइने उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड-नेपाल पक्षले बताउँदै आएको छ।

यसअघि दुई चरणमा उक्त समूहले आन्दोलन गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति