प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालका आदिवासी जनजाति तामाङ समुदायका सांस्कृतिक पर्व २८५७ औँ सोनाम ल्होछार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।

शुभकामना सन्देशमा उनले यस वर्ष मुसा वर्गको बिदाइ गरी गाई वर्गको स्वागतमा सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व नेपालका तामाङ, ह्योल्मोलगायतका आदिवासी जनजाति समुदायले समेत मनाउने गरेको उल्लेख गरेका छन् ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधता भएको मुलुक भएको बताउँदै प्रदेश प्रमुख शेरचनले यस्ता सांस्कृतिक चाडपर्वले आम नेपालीबीचको राष्ट्रिय एकता र आपसी सद्भावलाई बलियो बनाएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति