पक्राउ परिन् रामकुमारी झाँक्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि गोरखामा आयोजित एक कार्यक्रममा उनले दिएको अभिब्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको विषयमा सोधपुछका लागि भन्दै प्रहरीले झाँक्रीलाई शंखमुलस्थित उनको डेराबाट पक्राउ गरेको हो ।

उनलाई राज्यविरुद्धकाे कसुर सम्बन्धी ऐनको दफा ५८ अनुसार अनुसन्धानका लागि पक्राउ पूर्जी दिएर पक्राउ गरेकाे हाे । पूर्जीमा थप अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने भएकाले पक्राउ पूर्जी जारी गरिएकाे उल्लेख गरिएकाे छ ।

यसअघि आफुलाई लिन पुगेकाे प्रहरीलाई पक्राउ पूर्जी दिन झाँक्रीले माग गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति