पोर्चुगलमा थलिएका रवीन्द्र घर फर्किए

पोर्चुगल । काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण पोर्चुगलबाट नेपाल फर्किएका छन् ।

विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैर आवासीय नेपाली संघ पोर्चुगलको सहयोगमा बुधबार नेपाल पठाइएको हो । संघका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए ।

केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिएका छन् । संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति