नेकपा प्रचण्ड नेपाल समूहले आज पाँच ठाउबाट जुलुस निकाल्ने

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (बुधबार) काठमाडौंका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ ।

बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा नेताहरुलाई जिम्मेवारी तोकिएको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा हिजो दिउँसो काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको छ ।जसअनुसार पुल्चोकबाट बिहान ११ बजे निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्धन शर्मा बर्षामान पुन, सुरेन्द्र पाण्डेलगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।त्यस्तै माइतीघरबाट निस्किने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह गिरीराजमणि पोख्रेल, भीम आचार्य,मात्रिका यादव लगायतले गर्दै छन् । त्यसैगरी केशरमहलबाट निस्किने जुलसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायतले गर्दै छन् ।त्यस्तै जमलबाट निस्किने जुलसको नेतृत्व लिलामणि पौडेल, बिभिन्न केन्द्रीय सदस्य र पेशागत संगठनहरुले गर्ने प्रचण्ड नेपाल पक्षले जानकारी गराएको छ ।त्यस्तै पाँचै ठाउका जुलुस सुन्धारामा भेला भएर १२ बजे सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलिसडक, पद्मोदय मोड, प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डप सभास्थलमा प्रवेश गर्ने तालिका बनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति