सर्वोच्चद्वारा पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व.न्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । पाल्पाको तानसेन, धरमपानीमा १९९० साल फागुन ९ गते जन्मनुभएका पाण्डेले २०५१ साल माघ १० गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएका र २०५२ साल चैत ७ गते स्थायी पदमा नियुक्त भएका थिए । उनको २०५५ साल फागुन ८ गते उमेरहदका कारण अवकाश भई सेवा निवृत्त भएका थिए ।

अन्तर्राष्ट्रिय देवानी र फौजदारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने एक निर्भिक, अत्यन्त मिलनसार, मृदुभाषी र न्यायको ज्ञाता रहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति