भागरथीको हत्यारा छिट्टै पत्ता लाग्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन् । नेपाल विद्यार्थी संघले आज बिहान बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले यो घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका हुन् ।

ज्ञापनपत्रमा नेविसंघले भागरथीको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराइएको अध्यक्ष राजिव ढुंगानाले बताए ।

‘विगतमा निर्मला पन्तलगायतका घटनाका दोषीलाई पहिचान गरी कारवाही गर्न ढिलाइ भएकोबारे हामीले गृहमन्त्रीको ध्यानाकर्षण गरायौं,’ अध्यक्ष ढुंगानाले भने, ‘यस घटनामा दोषी पहिचानमा ढिलाइ गर्न हुँदैन, घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्छौ ।’ अन्यथा नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको उनको भनाई छ ।

जवाफमा गृहमन्त्री थापाले अपराधी उम्कन नदिने गृहमन्त्री थापाको प्रतिवद्धता जनाएका थिए । ‘अनुसन्धानका लागि टोली पठाइएको छ । अपराधीको नजिक पुगेका छौं । चाँडै नै पत्ता लाग्छ,’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै अध्यक्ष ढुंगानाले भने ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको छैन ।

यस्तो छ नेविसंघले बुझाएको ज्ञापन पत्र :

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति