सदाबहार नायिका करिश्मालाई महानायिकाकाे उपाधि

आरके इन्टरटेनमेन्टद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाली सिने जगतकी सदाबहार नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिईएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा उक्त उपाधि प्रदान गरेको हो ।

नेपाली चलचित्र जगतमा तीन दशकदेखि सदाबहार नायिकाको छवि बनाएकी करिश्मालाई महानायक राजेश हमाल लगायतले महानायिका देखिने स्यासे र क्राउन लगाईदिदै महानायिका घोषणा गरेका थिए । उनले २०४५ सालमा चलचित्र ‘सन्तान’ बाट नायिकाको रूपमा नेपाली चलचित्र जगतमा पाईला टेकेकी थिईन् ।

समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

करिव एक दशकअघि यही समुहले अभिनेता राजेश हमाललाई पनि महानायकको उपाधि दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board