राष्ट्रिय महिला लिग : चन्द्रपुर नगरपालिकाको दोस्रो जित

काठमाडौं २५ माघ । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज विराटनगर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले लिगमा दोस्रो जित निकालेको हो । चन्द्रपुरको जितमा रजनी थोकरले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा रजनीले गोल गरेकी हुन् । सुनिता भोलानको पासमा रजनीले विराटनगरकी गोलरक्षक कल्पना कार्कीलाई बिट गर्दै गोल गरिन् । यसअघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो ।

त्यसबाहेक चन्द्रपुर अन्य ४ खेलमा पराजित भएको थियो । यो जितसंगै चन्द्रपुरले विराटनगरविरुद्ध पहिलो चरणको खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा विराटनगरले चन्द्रपुरलाई ५–० ले हराएको थियो । दोस्रो जित निकालेसंगै चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । विराटनगर ७ खेलमा १० अंक सहित तेस्रो स्थानमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति