संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखद्वारा दायर रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारीहरुको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालय तथा अन्य ३९ जनालाई विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको हो । सभामुख सापकोटाले संवैधानिक आयोगहरुमा भएको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा शुक्रबार रिट लिएर आफैं सर्वोच्च अदालत पुगेका थिए ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी सिफारिस गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति