राजनीतिक स्थिरता कायम गर्न निर्वाचन : मन्त्री श्रेष्ठ

काठमाडौं २४ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताए ।

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा आज उनले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे । निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे ।

प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए । कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब रु २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति