सहायक डीन ओझाको निधन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना हुनुभएका उनको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो ।

विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मनु भएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ । उनलाई नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति