घरमुनि सुन गाडिएको छ भनी पैसासहित छोरी लिएर टाप !

काठमाडौं । अन्धविश्वासमा परेर विराटनगरका एक परिवारले रु ५० हजार गुमाएका छन् भने घरधनीकी छोरी पनि बेपत्ता भएकी छन् । यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उहाँकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको पीडितकी छोरा ध्रुवनारायण माझीले आज यहाँ पत्रकार सम्मेलन गरेर आरोप लगाए ।

घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उनको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने उनको भनाइ छ । आफू घरमा नभएको बेलामा मेरी आमालाई ललाइफकाई गरेको यस्तो कर्तुतबाट सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उनले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिए ।

आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उनले बताए । धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ । धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति