आकाशको यादमा तड्पिईन पूजा…

जा शर्मा र आकाश श्रेष्ठ दर्शकमाझ लोकप्रिय कलाकार हुन् । यो जोडीको डिमाण्ड बजारमा निकै हाई छ । जसका कारण आजभोली पूजा र आकाश चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि निकै देखिन थालेका छन् । यसैबिच यो जोडीको नयाँ गीत भर्खरै रिलिज भएको छ ।

चन्द्र प्रसाँइको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको पुरानो घाउ बोलको गीतमा चर्चित गायिका अञ्जु पन्तको आवाज रहेको छ । गीतमा पूजा र आकाशको प्रेम र विछोडको कथा देख्न सकिन्छ । गीतलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति