वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरीका सामान भेटिए

वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको छ । क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो ।

अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति