विश्वभर कोरोनाबाट १० करोड ४३ लाख पुग्यो , २२ लाख ६२ हजार बढीको मृत्यु

काठमाडौं, २१ माघ ।  विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख ७८ हजार ६५७ पुगेको छ ।

बुधबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म २२ लाख ६२ हजार ८४ संक्रमितले ज्यान गुमाएका छन् ।

संक्रमित २ करोड ५८ लाख ८३ हजार ३९५ जनामा सक्रिय संक्रमण छ भने ७ करोड ६२ लाख ३३ हजार १७८ जनाले कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ६ हजार ९४५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ।

अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको ज्यान गएको छ । १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन् भने ९८ लाख १९ हजार ६९ जनामा सक्रिय संक्रमण छ । विभिन्न अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये २३ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति