सबिनसँगकाे ब्रेकअपपछि नायिका बर्षाले भनिन्, ‘उ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो’

नायिका बर्षा सिवाकोटी केहीसमय अघि आफ्नो प्रेमका कारण निकै नै चर्चामा आएकी थिइन् । उनी केही बर्षदेखि सविनजंग थापासँग प्रेममा थिइन् । अमेरिकाको टेक्सासमा बस्दै आएका सबिनलाई भेट्न केहीसमय अघि बर्षा सिवाकोटी अमेरिका नै पुगेकी थिइन् ।

अहिले भने यी दुई अलग्गिएका छन् । यो कुराको खुलासा स्वयम बर्षा र सबिनले नै गरेका छन् । केहीदिन अघिमात्र सििबनले सामाजिक सञ्जाल मार्फत चलचित्र ओबरडोज बनाउन लागेको घोषणा गरेका थिए । तर उनले सोही समयमा बर्षाले आफूलाई धोका दिएको पनि बताएका थिए । उनले बर्षाले आफ्नो भावनासँग खेलवाड गरेको स्टाटस लेखेका थिए ।

यता बर्षाले पनि उनलाई मुखभरिको जवाफ दिएकी छिन् । बर्षाले मिडियामा छाउनको लागि सबिनले यो सब नाटक गरिरहेको बताएकी छिन् । उनले सबिनको असली रुप आफूले देखिसकेको पनि बताइन् । उनले मिडियाको अगाडि आफूलाई राम्रो देखाउन यो सब सबिनले नाटक गरेको तर्क दिइन् । उनले केही समयदेखि आफू सबिनसँग सम्पर्कमा नै नरहेको समेत बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति