कपिलको २८ बर्ष अघिको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्दै

कपिल शर्मा बलिउडका निकै चर्चित कमेडियन हुन् । उनै कपिलको २८ बर्ष अघिको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

कपिल स्वयमले आफ्नो २८ बर्षअघिको तस्बिर इन्ष्टाग्राममा सेयर गरेका हुन् । तस्बिरमा कपिल उनका दाजु अशोक शमाएसँग देखिएका थिए । उक्त तस्बिर खिचाउने समयमा कपिल मात्र ११ बर्षका थिए ।

फ्यानले उक्त तस्बिरलाई निकै नै मन पराइरहेका छन् ।

उनी छिट्टै कमेडी ‘द कपिल शर्मा शो’ बन्द गर्ने योजनामा रहेका छन् । उनले आफ्नी पत्नी गिन्नी गर्भवती भएका कारण शो बन्द गर्ने योजनामा रहेको र श्रीमतीलाई धेरै समय दिने योजना रहेको समेत खुलाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति