काठमाडौँको तापक्रममा गिरावट, उच्च पहाडी भेगमा हिमपातको पूर्वानुमान

काठमाडौँ, १८ माघ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश- १ का उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ ।

आज बिहान ५ : ४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १.८ डिग्री मापन गरिएको छ । यो शनिबारको भन्दा झण्डै १ डिग्रीले कम हो । शनिबार उपत्यकाको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १८ गते

दिउँसो : प्रदेश न। १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १९ गते

दिउँसो : देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिस् देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २० गते

दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति