बी.एड. पढ्न प्लस टूमा दोश्रो श्रेणी वा सी प्लस अनिवार्य

काठमाडौँ । टेन प्लस टूमा दोश्रो श्रेणी वा सी प्लस ग्रेड नल्याएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकायको स्नातक तह (बीएड) पढ्न नपाउने भएका छन् ।

त्रिवि शिक्षाशास्त्र संकायको डीन कार्यालयले शुक्रबार सूचना निकालेर बी एड पहिलो बर्षमा भर्ना हुन टेन प्लस टू तहमा कम्तिमा सी प्लस ग्रेड ल्याएको वा दोश्रो श्रेणीमा उत्तिर्ण भएकै हुनुपर्ने जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयमा बीएड भर्नाका लागि श्रेणी वा ग्रेडको मापदण्ड तोकिएको यो पहिलोपटक हो । यसअघि जुनसुकै श्रेणी वा ग्रेड ल्याएर भएपनि प्लस टू उत्तिर्ण गरेका विद्यार्थीले बीएड तह अध्ययन गर्न पाउँथे ।

डिन कार्यालयले चार बर्षे बीएड अन्तर्गत पहिलो बर्षको भर्नाका लागि माघ १६ देखि फागुन १५ गतेसम्म फाराम बुझाउनुपर्ने, फागुन १५ देखि कक्षा शुरु गर्ने, २०७८ साल भदौ मसान्तसम्ममा परीक्षा फाराम भराउने र कात्तिक मसान्तसम्म कक्षा सञ्चालन गर्ने जनाएको छ । यस्तै, पुसमा परीक्षा सञ्चालन गरि बैशासमा नतिजा प्रकाशन गर्ने गरिको शैक्षिक क्यालेन्डर पनि कार्यालयले सार्वजनिक गरेको हो ।

शिक्षाशास्त्र अध्ययन गर्न जुनसुकै तह वा ग्रेड ल्याएर उत्तिण गरेका विद्यार्थीले पनि पाउने नियमका कारण कमजोर विद्यार्थी मात्र भर्ना हुनाले शिक्षाशास्त्र संकायको गुणस्तर कमजोर भएको भन्दै शिक्षाशास्त्र सरोकार समाज लगायत सरोकारवालाले विरोध गर्दै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति