यी हलिउड अभिनेत्री, जसले आफ्नै बडिगार्डसँग पाचौँ बिहे गरिन्

हलिउडकी चर्चित अभिनेत्री पामेला एण्डरसन सधैँ नै चर्चा र विवादमा रहन्छिन् । अहिले पनि उनी सामाजिक सञ्जालमा चर्चामा नै छिन् । प्राप्त जानकारी अनुसार उनले आफ्नै बडिगार्डसँग बिहे गरेकी छिन् ।

पामेलाले ५ पटक बिहे गरेकी छिन् । एक व्यक्तिसँग त उनले २ पटक बिहे गरिन् । पामेलाले रिक सालोमोनसँग २००७ मा बिहे गरेर २००८ मा छुट्टिएकी थिइन् । पछि उनै रिकसँग २०१४ मा बिहे गरेर २०१५ मा छुट्टिइन् । रिकसँगको बिहेलाई २ पटक नै गन्ने हो भने त अहिले पामेलाले पाँचौं व्यक्तिसँग छैटौं पटक बिहे गरेकी छिन् ।

पामेलाले आफ्ना बडिगार्डसँग क्रिसमसको समयमा बिहे गरेकी हुन् । सामाजिक सञ्जालमा उनको बिहेको तस्बिर सार्वजनिक हुने बित्तिकै भाइरल भयो । लकडाउनको समयमा उनी आफ्ना बडिगार्डसँग नजिकिएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति