‘दलहरू सत्ता दोहनको भर्‍याङ मात्र बने’ : नेता भट्टराई

काठमाडौँ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनैतिक दलहरू सत्तादोहनको भर्‍याङ मात्र बनेको टिप्पणी गरेका छन् ।

संसद विघटनविरुद्ध अधिकारकर्मीहरूले गरेको आन्दोलनको पक्षमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय सञ्जिव उप्रेती, नारायण वाग्ले, युग पाठक लगायतका सार्वजनिक बौद्धिकहरूको सक्रियताको समेत उनले प्रशंसा गरेका छन् ।

उनले अहिले राजनीतिक दल तथा नेताहरूलाई ओली प्रतिगमनको गम्भीरता बुझ्न हम्मे पर्नु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- ‘ओली प्रतिगमनको गम्भीरता बुझ्न राजनीतिक दल/नेतालाई हम्मे पर्नु विडम्बनापूर्ण छ । दल भनेकै समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुन्/हुनुपर्छ। तर हामीकहाँ दल सत्तादोहनका भर्‍याङ मात्र बन्दैछन्। यस्तोमा सार्वजनिक वौद्धिकहरूको सक्रियता प्रशंसनीय छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति