सूर्य थापाकाे विवादास्पद टिप्पणी : पशुपति दर्शन र भैंसी पूजाकाे फोटो राख्‍दै भने, ‘फरक यत्ति हाे !’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको पूजा गर्ने भए पनि नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल भैँसीको पूजा गर्ने व्यक्ति भएको विवादास्पद टिप्पणी गरेका छन् । उनले प्रचण्डलाई ब्यँग्य गर्दै ‘पशुपतिनाथकाे पूजा भैंसी पूजा’ जस्ताे नभएकाे टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा ओली र प्रचण्डको फोटाे राखेका छन् । पहिलो फोटो प्रधानमन्त्री पशुपतिनाथमा पुगेको छ भने दोस्रोमा प्रचण्डले भैंसी पूजा गरेको देखिन्छ । यहि विषयलाई प्रष्टाउँदै उनले भनेका छन्, ‘पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन ।’

प्रचण्डको फोटोबारे थापाले लेखेका छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो शक्ति वृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो ! भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन । बुझ्ने आ-आफ्नै स्तर हुन्छ । फरकचाहिं यत्ति हो !’

नेकपाको ओली पक्षका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत पुस १२ गते बिहान पशुपतिनाथ मन्दिर पुगेर संकल्प पूजा गरेका थिए । संसद विघटन गरेर निर्वाचन घोषणा गरेका ओली पशुपतिनाथ मन्दिर धाएको विषयलाई चुनावसँग जोडेर चर्चा भइरहेको छ । पूजाको तीन दिनपछि उनका सल्लाहकार थापाले पुनः यो विषयलाई प्रष्टाउन खोजेका हुन् ।

प्रधानमन्त्री ओलीले सुनको जलारी निर्माणको योजनामा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरेका छन् । थापाका अनुसार पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको हो । ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ,’ उनले अगाडि लेखेका छन् ।

पहिलाे तस्बिर – प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री…

Posted by Surya Thapa on Wednesday, January 27, 2021
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति