झुण्डिएको अवस्थामा भेटिइन् नायिका जयश्री रमैया, ६ महिनाअघि भनेकी थिइन्– ‘म मर्न चाहन्छु’

बिग बोस कन्नडको तेस्रो श्रृखंलामा सहभागी भएर चर्चामा आएकी नायिका जयश्री रमैयाको निधन भएको छ । हिजो २५ जनवरीमा उनी बेंगलुरुस्थित एक ओल्ड एज होम र रिह्याबिलिटेशन सेन्टरमा मृत भेटिइन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको भारतीय मिडियाले जनाएको छ ।

प्राप्त जानकारी अनुसार विगत केही बर्षदेखि उनी डिप्रेशनमा थिइन् । उनले करिब ६ महिना अगाडी नै आफूले यो संसार छोड्न लागेको इशासा गरेकी थिइन् । उनले आफू निकै नै तनावमा रहेकाले अब बाँच्न मन नै नभएको फेसबुक लाइभमा आएर बताएकी थिइन् । धेरैले यसलाई चर्चा कमाउने फन्डा रहेको बताएका थिए । नायिकाले भने आफूले यो चर्चा कमाउनको लागि विल्कुलै नगरेको बताएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति