प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न नेपाल बारका चार पूर्वअध्यक्षको माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल बार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले आज संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । त्यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उनलाई जवाफदेही बनाउन पनि बारका चार पूर्वअध्यक्षहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

संसद पुनस्र्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन् भनेर भने। यसैबीच, सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आज वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति