कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयां संक्रमितमध्ये १ सय ३३ जना काठमाडौं उपत्यकाका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ ।

उनीहरुमध्ये आज थप ४ सय ३ जनासहित हालसम्म २ लाख ६४ हजार १ सय ३७ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर रहेका ३ हजार ३ सय १२ सक्रिय संक्रमितमध्ये १ सय ३९ जनाको आईसीयु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति