नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

काठमाडौं, ११ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे १२ बजे बस्ने छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड(नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति