नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज

काठमाडौं, ११ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे १२ बजे बस्ने छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड(नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board