मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं । रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो ।

मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्न मलेशियामा मृत्यु भएकाको शव नेपाल ल्याइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board