मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं । रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो ।

मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्न मलेशियामा मृत्यु भएकाको शव नेपाल ल्याइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति