काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना, एक मृत्यु

काठमाडौं,९ माघ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीबार राति मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति