काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना, एक मृत्यु

काठमाडौं,९ माघ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जनको बिहीबार राति मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board