अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने गुगलको चेतावनी

काठमाडौं । गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने चेतावनी दिएको छ ।
अस्ट्रेलिया सरकारले त्यहाका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि विश्वकै धेरै प्रयोग हुने गुगलले आफ्नो सर्च इञ्जिन अस्ट्रेलियाबाट हटाउने चेतावनी दिएको हो । अस्ट्रेलिया सरकारले त्यहाका सञ्चारमाध्यममा प्रकाशन भएका सामग्री प्रयोग गरेबापत रोयल्टी दिन गुगल र फेसबुकलाई चांडै नयां आचारसंहिता ल्याउन लागेको छ । गुगल अस्ट्रेलियाका निर्देशक मेल सिल्भाले यदि अस्ट्रेलिया सरकारले प्रस्तावित मस्यौदा कानुनको रूपमा लागू गरेमा आफूहरूले अस्ट्रेलिया छाड्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ठूला कम्पनीहरूले समाचार पढ्न चाहने मानिसबाट ग्राहक लिने गरेकाले अब ती कम्पनीहरूले अस्ट्रेलियाको सञ्चारमाध्यमलाई उनीहरूको पत्रकारिताको लागि रोयल्टी तिर्नुपर्ने अस्ट्रेलिया सरकारले तर्क गर्दै आएको छ । गत महिना अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरी भुक्तानीको आचारसंहिता लागू गर्ने जानकारी दिएका थिए । लगत्तै फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहा“का स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू शेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board