प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन शुरु

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षको राजधानीमा शक्ति प्रदर्शन सुरु भएको छ । अहिले काठमाडौको विभिन्न स्थानबाट जुलुसहरु निस्किरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा प्रचण्ड–माधव पक्ष आन्दोलित बनेको हो । आजको प्रदर्शनलाई उनीहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । प्रदर्शनमा १ लाख मानिस उतार्ने दावीसमेत गरिएको छ । हिजैदेखि विभिन्न जिल्लाबाट बसमा मान्छे ओसार्न थालिएको थियो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकाल्ने नेकपाको तयारी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board