प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन शुरु

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षको राजधानीमा शक्ति प्रदर्शन सुरु भएको छ । अहिले काठमाडौको विभिन्न स्थानबाट जुलुसहरु निस्किरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा प्रचण्ड–माधव पक्ष आन्दोलित बनेको हो । आजको प्रदर्शनलाई उनीहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । प्रदर्शनमा १ लाख मानिस उतार्ने दावीसमेत गरिएको छ । हिजैदेखि विभिन्न जिल्लाबाट बसमा मान्छे ओसार्न थालिएको थियो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकाल्ने नेकपाको तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति