बागमती प्रदेशसभा बैठक आज, अविश्वास प्रस्तावमाथि छलफल हुने

काठमाडौँ, ९ माघ । बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग बिहीबार राति छलफल गरेका थिए । सो छलफलमा आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board