काठमाडौं : बुधबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले महंगिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलामा ९२ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रीय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको हो । मंगलबार प्रति औंस १८४० अमेरिकी डलर पुगेको सुनको भाउ बुधबार प्रति औंस १८४९ प्रति औंस कायम भएको छ ।
महासंघका अनुसार चाँदी पनि तोलामा १५ रुपैयाँ महंगिएको छ । मंगलबार प्रति तोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार एक हजार २ सय ६० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया