काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने कुराको जानकारी गराएका छन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले
बताए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।
मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको जानकारी गराउ“दै खोप अनुदान दिएकोमा भारत सरकारलाई धन्यवाद समेत दिए ।
COMMENTS