भारतद्वारा नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने कुराको जानकारी गराएका छन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले
बताए ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको जानकारी गराउ“दै खोप अनुदान दिएकोमा भारत सरकारलाई धन्यवाद समेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति