उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजीनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले विष्टको राजीनामा पत्रमा मिति उल्लेख नभएको वा कुन मितिदेखि राजीनामा लागु हुने भन्ने उल्लेख नगरिएको जनाउँदै मुद्दाको टुङ्गो नलागेसम्म उपाध्यक्ष पदको पदपूर्तिको प्रक्रिया अघि नबढाउन समेत मनहरी गाउँपालिका कार्यालयलाई आदेश दिएको छ ।

इजलासले ‘निवेदिकाको मागउपर प्रस्तुत मुद्दाको न्यायिक निरोपण हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत् विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भनेको छ ।

प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारको हेटौँडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालयप्रमुख बाबुराम खतिवडाले पेश गरेका हुन् ।

प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख प्रसाईँले अख्तियारले सुशासनका लागि धेरै महत्वपुर्ण र उल्लेखनीय काम गरेको बताए । अहिलेको समयमा अख्तियारले साना मात्र नभई ठूला समस्यासमेत बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति