बिहे गर्दै बहुचर्चित अभिनेत्री मौनी रोय

टेलिभिजन दुनियाँकी बहुचर्चित अभिनेत्री हुन् मौनी रोय । टेलिभिजन शो हुदैँ उनको यात्रा बलिउडसम्म पुगिसकेको छ । उनले बलिउडका चर्चित कलाकार अक्षय कुमार, राजकुमा रावसँग काम गरिसकेकी छिन् । मौनी नागिन बाट चर्चामा आएकी हुन् । उनै नायिका मौनी रोयले विवाह गर्ने भएकी छिन् ।

केहीदिन अघि मौनीले नै यसबारे जानकारी दिएकी हुन् । मौनीले दुबई निवासी नान्बियारसँग विवाह गर्न लागेकी हुन् । सुरज र मौनी केही समयदेखि एकअर्काको प्रेममा छन् । मौनी लकडाउन भएदेखि नै दुबईमा बस्दै आएकी छिन् । उनले सुरजको परिवारसँग पनि भेटघाट गरिसकेकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति