कोरोना महामारीबीच चीनको कुल ग्राहस्थ्य उत्पादन बढ्यो

एजेन्सी । सन् २०२० मा चीनको कुल ग्राहस्थ्य उत्पादन जीडीपी २ दशमलब ३ प्रतिशतले बढेको छ।

कोरोना महामारीबीच विश्व आर्थिक मारमा परेको बेला चीनको भने कुल ग्राहस्थ्य उत्पादन भने बढेको हो।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको गतवर्षको अन्तिम चार महिनामा त्यहाँको जीडीपी ६ दशमलब ५ प्रतिशतले बढेको थियो।

कोरोनाका कारण लकडाउन हुँदा सन् २०२० को सुरुवाती तीन महिना चीनको अर्थव्यवस्थामा ६.८ प्रतिशतले कमी आएको थियो।

तर चीनले कोरोनालाई चाँडै नियन्त्रणमा लिन सफल भएको थियो। आइतबार सार्वजनिक चिनियाँ तथ्यांकअनुसार गतवर्षको डिसेम्बरमा चीनको निर्यातमा उल्लेख्य वृद्धि भयो।

अन्य दशेमा कोरोना भाइरसको प्रकोप चलिरहँदा चिनियाँ सामग्रीमा माग बढेको हो। यसबाहेक सन् २०२० मा चीनले कच्चा तेल, कोइला, तामा र फलाम पनि महँगो मूल्यमा निर्यात गरेको थियो।

विभिन्न अुनसन्धानले चीन सन् २०२८ भित्रै विश्वकै शक्तिशाली अर्थतन्त्र हुने अनुमान लगाइसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति