काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
आइतबार बहस नसिकएपछि सोमबारका लागि राखिएको हो। सर्वोच्चले आइतबारदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने जनाएको छ।
आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए।
अदालतकाे संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने हाे भनी अधिवक्ता भीमार्जुन आचार्यलाई प्रश्न गरेका थिए।
जवाफमा अधिवक्ता आचार्यले संविधानले सरकार बनाउने विकल्प दिएकाले कुनै पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका थिए।
प्रतिक्रिया